×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋषिङ गाउँपालिका कृषकलाई प्रोत्साहन रकम, गाउँपालिकालाई कृषिमा समृद्ध बनाउने लक्ष्य

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ऋषिङ गाउँपालिका कृषकलाई प्रोत्साहन रकम, गाउँपालिकालाई कृषिमा समृद्ध बनाउने लक्ष्य

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले कृषकलाई कृषिमा प्रोत्साहित गर्न प्रोत्साहन रकम वितरण गरेको छ । कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत गाउँपालिकाले वडा नं ८ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार उक्त वडाका दुई जना बाख्रापालकलाई जनही रु १३ हजार, बङ्गुरपालकलाई जनही रु ११ हजार, एक जना माछापालकलाई रु पाँच हजार र एक जना कुखुरापालकलाई रु पाँच हजारका दरले रकम वितरण गरिएको छ ।
“कृषि क्षेत्रमा राम्रो काम गर्ने कृषकलाई पुरस्कृत गर्न प्रोत्साहन रकम वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले कृषकलाई कृषितर्फ प्रोत्साहन गर्ने गाउँपालिकाको विश्वास छ ।” गाउँपालिकाले सबै वडाका उत्कृष्ट कृषकलाई प्रोत्साहन रकम वितरण गर्ने तयारी गरेको छ । बाँकी सात वडाका कृषकलाई पनि प्रोत्साहन रकम वितरण गरिनेछ । “कार्यविधिअनुसार सबै वडामा कृषि पेशामा अब्बल कृषक छनोट गरेर प्रोत्साहन रकम वितरण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।
प्रशासकीय अधिकृत पौडेलका अनुसार यो कार्यक्रम गत आर्थिक वर्ष २०७६-७७ को कार्यक्रम हो । कोभिड–१९ को प्रभावका कारण ढिला गरी कृषकलाई रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस अगाडि आठवटै वडाका २०-२० कृषकलाई जनही रु २० हजारका दरले अनुदान रकम वितरण गरिसकेको छ । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकालाई कृषिमा समृद्ध बनाउने लक्ष्य राखिएको र कृषकलाई सहयोग गर्ने कुरामा गाउँपालिका सदैव प्रतिबद्ध रहेको जानकारी दिनुभयो । “कृषकलाई कृषि पेशातर्फ आकर्षित गराउन गाउँपालिकाले अनुदानको व्यवस्था गरेको छ, यसले गाउँपालिकालाई पनि कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले म्याग्दे गाउँपालिका–७ हर्कपुर निवासी हर्कबहादुर राना मगरको परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । क्यान्सर रोगबाट निधन हुनुभएका उहाँका परिवारलाई इन्स्योरेन्स लिमिटेडले रु २० लाख दाबी भुक्तानी गरेको हो । उक्त रकम इन्स्योरेन्स लिमिटेडका दमौली शाखा प्रबन्धक जगदीश काफ्लेले स्वरानाका श्रीमती दमन्ता रानामगरलाई हस्तान्तरण गर्नुभयो । हर्कबहादुरले कम्पनीको काठमाडौँ शाखाबाट दुई वर्ष वैदेशिक रोजगार बीमा गर्नुभएको थियो । कागजपत्र पेश गरेको २७ दिनमा कम्पनीले मृतकका परिवारलाई दाबी भुक्तानी दिएको काफ्लेले जानकारी दिनुभयो । 
“काठमाडौँ गएर भुक्तानी लिन अहिलेको परिस्थितिमा सम्भव नभएकाले सबै कागजपत्र मिलाएर घरमै पुगेर रकम हस्तान्तरण गरेका हाँै”, उहाँले भन्नुभयो । उहाँका अनुसार उक्त रकममध्ये रु १३ लाख कम्पनीको तर्फबाट र रु सात लाख वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत प्रदान गरिएको हो । मृतककी श्रीमती दमन्ताले बीमा साँच्चिकै आर्थिक सुरक्षा दिने छाता रहेको प्रत्याभूति भएको बताउनुभयो । सोही क्रममा उहाँले रु तीन लाख प्रिमियम एकमुष्ट भुक्तानी गरेर रु चार लाख ५२ हजार बीमाङ्कको बीमा गर्नुभएको छ । –रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: