Skip to content
LAXMI SUNRISE BANK

४० वर्षदेखी तरकारी खेती गर्दै आएका किसानको गुनासो, ‘किसानको दुःखमा राज्यको आँखै जाँदैन…’ (फोटो-कथा)

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीमा विगत ४० वर्षदेखी तरकारी खेती गर्दै आएका रख्मित खान अहिले पनि तरकारी खेतीमै व्यस्त छन् । भारतको सितारगञ्ज घर भएका खानले तरकारी खेतीबाटै आफ्नो परिवारको जिविको चलाउँदै आएका छन् । झण्डै ५ लाखको लगानिमा थालेको तरकारी खेतीबाट खानले ४० वर्षदेखी उत्कृष्ट नभएपनि राम्रै आम्दानि हुनेगरेको बताउँछन् । 
झण्डै १ बिघामा उत्पादन गरेको खानको तरकारी कैलाली, कञ्चनपुर लगाएतका जिल्लाहरुमा पनि पुग्ने गर्दछ । सिजन अनुसार खानले लौका, काँक्रा, फर्सि, चिचिन्डो, तर्बुज लगाएतका तरकारी उत्पादन गर्दै आएका छन् । उनि भन्छन्, ‘आवश्यकताका आधारमा तरकारी बजारमा सप्लाई गर्ने गछौँ तर कहिले काँही बजार नपाउँदा तरकारी कुहिएरै सकिन्छन् ।’ 
४० वर्षदेखी तरकारी खेतीमै जिवन व्यतित गरेका खानले आफुहरुलाई अनुदानको अत्यन्तै खाँचो पर्दापनि अहिलेसम्म सरकारी स्तरबाट कुनै सहयोग नपाएको गुनासो गरे, उनले भने, ‘किसानको समस्या त राज्यको आँखामै पर्दैन ।’ कृषिमा क्रान्ति गर्ने सरकारको योजना र अर्कोतिर विस्थापित हुँदै गएका किसानको संख्याका कारण राज्यको योजना नै धरापमा रहेको उनले बताएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्…


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK