×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तातोपानी नाका असोज १९ गतेबाट सञ्चालनमा आउने !

LAXMI SUNRISE BANK

तातोपानी नाका असोज १९ गतेबाट सञ्चालनमा आउने !

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौँ । तातोपानी नाका आगामी असोज १९ बाट पुनः सञ्चालनमा आउने भएको छ । तातोपानी नाका असोज १९ बाट पुनः सञ्चालन गर्ने गरी चिनियाँ पक्षसँग सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले बताए । सो नाका विगत ८० दिनदेखि बन्द अवस्थामा रहेको थियो ।
बन्दको भएको समयमा सो नाकाबाट स्वास्थ्य सामग्रीको आयात भए पनि अन्य व्यावसायिक वस्तुको आयात हुन सकेको छैन । सहमतिअनुसार नाका सञ्चालन गर्न असोज १८ सम्म दुवै पक्षले सम्पूर्ण तयारी पूरा गरी १९ गतेबाट समान नेपाल भित्रन सुरु हुनेछ । नाका सञ्चालनका क्रममा दुवै पक्षले स्वास्थ्य प्रोटोकल पालना गरी चीनबाट ल्याइएका सामान लोड–अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५/२५ जनाको दुईवटा श्रमिक समूह तयारी अवस्थामा रहने गरी सहमति भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी