
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अव करदाताहरुले घरमै बसेर इन्टरनेटको मध्यमबाट करचुक्ता प्रमाणपत्रको आधिकारिकता हेर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले वेवसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणाली राखेसंगै करदाताहरुले करचुक्ता प्रमाणपत्रको आधिकारिकता हेर्न सक्ने भएका हुन्।
आन्तरिक राजस्व विभागले आफ्नो वेबपोर्टलमा करदाताहरुको प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेपछि प्रमाणपत्रले आधिकारिकता पाए-नपाएको हेर्न सक्ने प्रणाली विकास गरेको छ ।
पछिल्लो समय विभागले कर बुझाउन कर कार्यालयमै धाउनु पर्ने बध्यता हटाउँदै बैंक वा विद्युतीय भुक्तानीका माध्यमबाट समेत कर तिर्न सकिने प्रणालीको विकास गरेको थियो ।
सोही अनुसार करदाताले कर तिरिसकेपछि आफैं करचुक्ता प्रमाणपत्र डाउनलोडसमेत गर्न सक्छन् । सोही प्रमाणपत्रको आधिकारिकता जाँच वेबपोर्टलबाट गर्न सकिने भएको छ ।
विभागले प्रारम्भमा साना करदाताका लागि विद्युतीय माध्यमबाटै करचुक्ता प्रमाणपत्र समेत जारी हुने गरी प्रणाली बनाएको हो । यसका लागि विभागको एकीकृत कर प्रणालीमा विद्युतीय कर चुक्ता प्रमाणपत्र माग गर्न सकिने गरी प्रणाली बनाइएको छ ।
प्रणालीले स्वतः आय विवरण र कर बक्यौता भए नभएको सुनिश्चित गरी बक्यौता नभएमा कर चुक्ता प्रमाणपत्र जारी गर्ने भएको छ । यो पनि स्वचालित प्रणालिमा आधारित बनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्