×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आन्तरिक राजस्व विभागद्वारा करदातालाई पुन: कर तिर्न ताकेता, २५ गतेसम्म नतिरे ‘पेनाल्टी’ लाग्ने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले करदाताहरुलाई पुन: कर तिर्न ताकेता गरेको छ । आन्तरिक राजस्व विभागले काठमाडौँ उपत्यकामा निषेधाज्ञा सकिएको भोलिसम्म करदाताहरुलाई कर तिर्न भनेको हो । उपत्यकामा निषेधाज्ञा २४ गते सकिँदैछ ।
विभागले उक्त समयसम्म कर नतिरे करदातालाई कानूनअनुसार जरिवानासमेत लाग्ने पनि बताएको छ । करदाताले उक्त अवधिसम्म अन्तशुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउनुपर्नेछ । विभागका महानिर्देशक विनोद कुँवरले अहिले लकडाउन नरहेकाले करदाताले अनिवार्य रुपमा कर तिर्नुपर्ने बताउंदै करदाताले आफ्नो आम्दानीको विवरण अनलाइनबाट बुझाउन सक्ने बताए । विभागले सरकारले निर्णय नगरेसम्म विभागले कर तिर्ने समय लम्ब्याउन नसक्ने पनि बताएको छ । 
यता व्यवसायीहरुले भने आम्दानी नभएका कारण निषेधाज्ञाकाबीच कर बुझाउन नसकिने बताएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: