
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज (मंगलबार)बाटलगातार तिन दिनसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक परिपत्र जारी गर्दै बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुल्ला गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले भदौ २३,२४,२५ गते उक्त काउन्टरहरु खोल्न भनेको हो । उक्त अवधिमा करदाताहरुलाई राजश्व तिरिसक्न भनिएको छ । राजश्व संकलनका लागि सिमित शाखा खोल्दा बढी भिड हुने हुँदा वातावरण सहज बनाउनका लागि यस्तो निर्देशन दीइएको राष्ट्र बैंकले जनाएको छ । यसअघि बैंकहरुले सिमित शाखाबाट सेवा दिइरहेका थिए । आन्तरिक राजस्व विभागले २५ गतेसम्म करदाताले कर नतिरे कानूनअनुसार जरिवानासमेत लाग्नेसमेत बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्