×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौं महानगरले अनलाइन प्रणालीमार्फत राजस्व संकलन गर्ने, कर तिर्न ढिलो आउने प्रवृतिको अन्त्य हुने विश्वास ! (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । काठमाडौं महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने भएको छ । महानगरपालिकाले सोमबार एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी असोज १ गते देखि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन शुभारम्भ गर्ने बताएको छ । कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रविधिमार्फत राजश्व संकलन गर्दा आगामी वर्षमा २० देखि ३० प्रतिशतसम्म राजस्व संकलन बढ्ने अपेक्षा गरिएको बताउनुभयो । 
कर तिर्न आउने व्यक्तिलाई सम्मान गर्न नजान्दा कर तिर्न ढिलो आउने अथवा आउदै नआउने प्रवृतिको अन्त्य हुने विश्वास समेत उहाँले गर्नुभयो । यो प्रणाली लागू भएपछि कर तिर्न आउनेको संख्या र राजस्वको आधार समेत बढ्ने बताउनुभयो । आसोज एक गतेदेखि सुरुमा केही वडामा परीक्षणको रुपमा सुरुवात गरिने र विस्तारै सबै वडामा लागू गरिने अर्यालले बताउनुभयो ।
अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिने पनि अर्यालले बताउनुभयो । यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास उहाँले गर्नुभयो । महानगरपालिकाले यस अघि नक्सा स्वीकृतिमा विद्युतीय माध्यमबाट हस्ताक्षर गर्न मिल्ने प्रणाली सार्वजनिक गरेको थियो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: