×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्दाबन्दीमा खाली भए धनगढीका सटर, घरबेटी भन्छन्- ‘ऋणले तालु सुक्ने भयो…’ (फोटो-कथा)

PRIME CA

बन्दाबन्दीमा खाली भए धनगढीका सटर, घरबेटी भन्छन्- ‘ऋणले तालु सुक्ने भयो…’ (फोटो-कथा)

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । लामो समयदेखीको बन्दाबन्दीमा धनगढीका अधिकांश घर तथा सटरहरु खाली भएका छन् । कोरोना भाइरस (कोभिड १९) का कारणले देशैभरी लगाईएको लकडाउनमा शिक्षा, व्यापार, स्वास्थ्य लगाएतका विभिन्न क्षेत्रहरु पुर्ण रुपमा ठप्प रहँदा दैनिक भाडाका घर तथा सटरहरु खाली हुँदै गएका छन् । 
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी जनसंख्याका आधारमा पनि अन्य शहरहरुभन्दा ठूलो र सम्पन्न मानिन्छ । उच्च शिक्षाका लागि सुदूरपहाडका विभिन्न जिल्लाबाट आएर भाडामा बस्ने विद्यार्थिहरुपनि कोरोनाका कारण पुनः गृह जिल्ला फर्किएका छन् । जसले गर्दापनि अधिकांश घरहरु खाली नै भेटिन्छन् । ऋण काडेर घर बनाएकाहरु अहिले भाडामा बस्ने कोही नपाउँदा निकै मर्कामा परेको बताउँछन् । तिनैमध्येका एकजना मणिलाल रेग्मीले भने, ‘घर त बनाईयो तर भाडामा बस्ने कोही नपाउँदा समस्यामा परियो, ऋण सम्झिादा पनि तालु सुक्न थाल्छ ।’ 
कोठा भाडामा नपाउँदा देखिएको समस्या व्यापारीहरुले व्यापार व्यवसायबाटै पलायन हुँदा पनि त्यत्तिकै मात्रामा देखिएको छ । व्यापारीक केन्द्रको रुपमा रहेको धनगढीका अधिकांश सटरहरु यतिबेला खाली भएका देखिन्छन् । अन्य समयमा सटर नै नपाउने धनगढीका बजारमा यतिबेला भने ‘सटर भाडामा छ’ भन्दै टु-लेट टाँगिएका देखिन्छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्…


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: