×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्रधानमन्त्री ओलीको संरक्षणमा भ्रष्टाचार मौलायो, ओठे प्रतिबद्धताले भ्रष्टाचारीहरु झनै संरक्षित भए’ (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘प्रधानमन्त्री ओलीको संरक्षणमा भ्रष्टाचार मौलायो, ओठे प्रतिबद्धताले भ्रष्टाचारीहरु झनै संरक्षित भए’ (भिडियो रिपोर्ट)

Artha Sarokar

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ । खुद्रे मुद्धाहरु बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रणको डंका पिटेपनि प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचारका काण्डहरु घटेको ट्रान्सपरेन्सी ईन्टरनेशनलको आरोप छ । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सी ईन्टरनेशनलले यस्तो आरोप लगाएको हो । ट्रान्सपरेन्सी ईन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिवद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरु संरक्षित भएको बताउनुभयो । बालुवाटार जग्गा प्रकरण, सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उहाँको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने उहाँको भनाई छ ।

‘‘भ्रष्टाचारको मुल भनेको राजनीतिक नेतृत्व तह हो । तलका खुद्रा, मसिनालाई रोकेर भ्रष्टाचार नियन्त्रण हुने होइन । यो सम्बन्धमा प्रधानमन्त्रीले बेला बखत म भ्र्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न । शून्य सहनसिलता अपनाउँछु भन्नु भयो तर व्यवहार मा त्यो उतार्न सक्नु भएन । उहाँको भ्रष्टाचार विरुद्धको बोली ओठे प्रतिवद्धता मात्रै देखियो कार्यान्वयनमा देखिएन । त्यसो होइन भने बाुवाटार जग्गा प्रकारणमा आफ्नो महासचिवलाई कुनै गल्ति गरेको छैन भनेर जोगाउनुभयो । सेक्युरेटी प्रिन्टिङ प्रकरणमा लेनदेनको अडियो सार्वजनिक हुँदा पनि मन्त्रीले कुनै गल्ति गरेको छैन भनेर ढाकछोप गर्नुभयो । ओम्नीलाई कानून विपरित एक मन्त्रीको सल्लाहकारले रातारात दिएको ठेक्का कानून विपरित छ । यसमा सुरुमै साँठगाँठ भएर कमिसन खाने नियतले ओम्नी सहमूलाई ठेक्का दिएको देखिन्छ । त्यसमा आदेश दिने उपप्रधानमन्त्री, मन्त्रीको समेत कुनै संलग्नता छैन भनेर उहाँले कसरी भन्न सक्नुभयो ?’’ उहाँले भन्नुभयो, ‘‘उहाँ (ओली) अख्तियार त होइन उहाँ न्यायाधीश त होइन । प्रधानमन्त्रीको बोलाइ र गराइमा एक रुपता देखिएन । उहाँका नजिक रहेका राजनीतिक र कर्मचारी तहमा भएका मानिसहरुले जति लुटेपनि हुन्छ । हामीले प्रधानमन्त्रीबाट वा सरकारबाट संरक्षण पाउँछौँ । यसमा अख्तियारको पनि केही चल्दैन भन्ने कुरा देखियो ।’’ 
अध्यक्ष रेग्मीले अख्तियार प्रमुख समेत सरकारको नीति निर्देशन अनुसार काम कारिन्दाका रुपमा परिचित हुँदै गएको बताउनुभयो । अख्तियारका पछिल्ला कदमहरुले अख्तियारको औचित्य छ की छैन भनेर शंका उब्जाएको उहाँको भनाई छ । ठूला भ्रष्टाचारका मुद्दाहरु ‘तामेली’ मा राख्दै जाने प्रवृतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको औचित्य समाप्त हुने उहाँको चिन्ता छ । उहाँले राजनैतिक नेतृत्व तहको संलग्नता र नीतिगत निर्णयका नाममा हुने ठूला भ्रष्टाचारका मुद्दामा केन्द्रित रहेर भ्रष्टाचारीहरुमाथि निर्मम कारवाहीको प्रकृया अगाडी बढाउनुपर्ने बताउनुभयो । आयल निगमको जग्गा खरिद प्रकरण, वाईडबडी जहाज खरिद प्रकरण, न्यारोबडी जहाज खरिद प्रकरण, नेपाल ट्रष्टको जग्गाहरु यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेश खरिद सम्बन्धमा तत्कालिन मन्त्रीको अडियो प्रकरण र स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमितता सम्बन्धी प्रकरणका मुद्दाहरुमा अविलम्ब अनुसन्धान प्रकृया सम्पन्न गरी दोषिहरु कारवाही गर्नुको सट्टा फाइल तामेलीमा राखेर बन्द राखेको प्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।
दोषिहरु उपर कडा सजायको मागदावी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै माहामारीको मौका छोपेर गुपचुपमा अर्बौ रुपैयाँ भन्दा बढि रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई उन्मुक्ति दिनेगरी मुद्दाको फाइल गरिएको प्रति ट्रन्सपरेन्सी इन्टरनेशनलले ध्यानकर्षण समेत गराएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी