
सिराहा । यातायात व्यवस्था कार्यालय लहान सिराहामा आर्थिक वर्ष ०७६-०७७ मा ११ हजारभन्दा बढी नयाँ सवारी दर्ता भएको छ भने रु ३१ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन सरकारले गरेको लकडाउनका बाबजुद सो कार्यालयमा आर्थिक वर्ष २०७६-०७७ मा सबैभन्दा बढी मोटरसाइकल आठ हजार ९२१, ट्याक्टर ७६५, सिटी रिक्सा एक हजार १६६, जीप-पिकपभ्यान १५०, बस ४०, एम्बुलेन्स १७ तथा ट्रक र टिपर गरी कूल ११ हजार १६४ वटा नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख मीन भट्टराईले जानकारी दिनुभयो ।
यस्तै नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट आर्थिक वर्ष २०७६-०७७ मा सो कार्यालयले रु ३१ करोड ४० लाख ८९ हजार १३ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो । सो अवधिमा १३ हजार ४८४ जनालाई नयाँ सवारी चालक अनुमतिपत्र वितरण गरिएको कार्यालयले जनाएको छ ।–रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्