×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट बढी प्रभावित मुलुकको तेस्रो स्थानमा पुग्यो भारत, एकै दिन ९० हजार बढी संक्रमित फेला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोनाबाट बढी प्रभावित मुलुकको तेस्रो स्थानमा पुग्यो भारत, एकै दिन ९० हजार बढी संक्रमित फेला

Artha Sarokar

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा एकैदिन ९० हजार बढीमा कोरोना संक्रमण पुष्टी भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० लाख ९२ हजार ६५४ नमुना परीक्षण गर्दा ९० हजार ६३३ जनामा संक्रमण पुष्टी भएको हो ।
यो संख्या २४ घण्टाको अवधिमा पुष्टि भएको विश्वकै सबैभन्दा धेरै हो । भारतमा केही दिनयता दैनिक ८० हजारभन्दा धेरै जना संक्रमित थपिँदै आएका छन् । भारतमा कोरोना संक्रमणबाट एक हजार ६५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७० हजार ६२६ पुगेको छ ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको विवरणअनुसार कोरोना संक्रमणबाट प्रभावित अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी