
गाइघाट । उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोनाका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको उद्योग व्यवस्थापन पक्षले अहिले उद्योग सञ्चालनमा आएपछि काममा फर्कन नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको मजदूरहरुले बताएका छन् । आन्दोलित भएका मजदूरहरुमध्ये वरिष्ठ मेकेनिकदेखि प्राविधिक गरी एक सयभन्दा बढी छन् ।
आफूहरुको रोजीरोटी सङकटमा परेको हुँदा काममा नफर्काएसम्म आन्दोलन जारी रहने मजदूर आन्दोलनका अगुवा भुमराज राई र श्रवण कोइरालाले बताउनुभयो । उनीहरुले सङ्घर्ष समिति र दवाब समूह गठन गरेर आइतबारदेखि उद्योगको मूल ढोकममा अनिश्चितकालिन धर्ना बसेका छन् ।
“कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण गत चैतदेखि नै सिमेन्ट उद्योग नियमित रुपमा सञ्चालनमा आउन नसक्दा अधिकांश प्राविधिक मजदूरलाई बिदाई गरिएको छ”, उद्योगका निमित्त प्रबन्धक नवल किशोर साहले भन्नुभयो, “अहिले पनि नियमित रुपमा उद्योग सञ्चालनमा आएको छैन । उद्योग घाटामा रहेकाले तत्काल मजदूरहरुलाई काम दिन सकिदैन् ।”
काममा लगाएपछि पारिश्रमिक दिनुपर्दछ तर पारिश्रमिक दिने क्षमता उद्योगसँग छैन् । यस्तो अवस्थामा उनीहरुलाई काममा फर्काउन नसिकने उद्योग व्यवस्थापन पक्षको भनाइ छ । वार्ता र सम्वादद्वारा समस्याको सामाधान गर्न व्यवस्थापन पक्ष तयार रहेको प्रवन्धक साहको भनाइ छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्