- अर्थ सरोकार सम्बाददाता
उदयपुर । उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित ४० वर्षीय प्रहरी हवल्दार र त्रियुगा नगरपालिका ५ का २१ वर्षीय युवामा कोरोना देखिएको हो । प्रहरी हवल्दार क्वारेन्टाइनको सुरक्षार्थ खटिएका थिए भने अर्का युवा भारतबाट भर्खर घर आएर क्वारेन्टाइनमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए ।
उनीहरु दुवैजना त्रियुगा नगरपालिका–३ का मोतिगडास्थित क्वारेन्टाइनमा बस्दै आएका थिए । योसँगै उदयपुरमा संक्रमितको संख्या एक सय १४ जना पुगेको छ ।