×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिक नेपाल लघुवित्तले २ लाख ७० हजार कित्ता आइपिओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

युनिक नेपाल लघुवित्तले २ लाख ७० हजार कित्ता आइपिओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २ लाख ७० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ। संस्थाले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको २ करोड ७० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो ।
संस्थाले उक्त सेयर निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थालि. तर्फबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
हाल लघुवित्तको अधिकृत पुँजी १० करोड, जारी पुँजी ९ करोड, र चुक्ता पुँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ । यस्तै, सर्वसाधारणलाई सेयर जारी गरी बाँडफाँड गरे पश्चात संस्थाको चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्ने छ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ साल साउन १८ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७५ साल मंसीर ६ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७५ सालपौष १ गतेदेखि आफ्नो वित्तीयकारोवारको शुभारम्भ गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: