
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले ४ लाख २० हजार कित्ता आइपिओ असोज ७ गते, बिहिबार बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितहरुका लागि आइपीओे निष्कासन गर्नेछ । त्यसपछि फेरि दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता सेयर निष्कासन हुनेछ ।
यस आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यस आइपीओमा एनएमबि बैंक, गण्डकी विकास बैंक र कैलाश विकाश बैंकको पोखरास्थित हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, पोखरा फाइनान्सको माछापुच्छ्रे् गाउँपालिका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ । यो आइपीओमा छिटोमा असोज २१ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै, सो अवधिमा बिक्री नभएमा भने कात्तिक ६ गतेसम्म भर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्