×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पदाधिकारीलाई कोरोना संक्रमण भएसंगै मध्यपश्चिमाञ्चल विश्वविद्यालय एक हप्ताका लागि बन्द !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पदाधिकारीलाई कोरोना संक्रमण भएसंगै मध्यपश्चिमाञ्चल विश्वविद्यालय एक हप्ताका लागि बन्द !

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । एकजना पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र डीन कार्यालय एक हप्ताका लागि बन्द गरिएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा आइतबार डीन कार्यालयका एक पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पदाधिकारीलाई नै कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय र डीन कार्यालयको काम सोमबारदेखि असोज ४ गते (एक साता)सम्मका लागि बन्द गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।
यो अवधिमा पदाधिकारी, शिक्षक, कर्मचारीहरुलाई सम्बन्धित निकायका प्रमुखसँगको सम्पर्कमा रही घरबाटै काम गर्न भनिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: