
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १४५९ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको हो । जसमा पुरुष १०१३ र महिला ४४६ रहेका छन् ।
संक्रमित हुनेहरुमा ओखलढुंगाका १, खोटाङका १, झापाका ६, ताप्लेजुङका १, पाँचथरका १, भोजपुरका १, मोरङका १११, संखुवासभाका १, सुनसरीका १७, धनुषाका ६, पर्साका १, बाराका ३, महोत्तरीका ९, रौतहटका २६, सप्तरीका २४, सर्लाहीका ४, सिरहाका १६२, काठमाडौंका ५५५, काभ्रेका ८, चितवनका ३७, धादिङका ४, दोलखाका ५, नुवाकोटका २, भक्तपुरका ८६, मकवानपुरका ८७, रामेछापका २, ललितपुरका ३५, सिन्धुपाल्चोकका २, कास्कीका ७, गोरखाका ५, तनहुँका ९, नवलपरासी पूर्वका २१, मनाङका १, लमजुङका ४, स्याङ्जाका १४, अर्घाखाँचीका ३, गुल्मीका ३, दाङका २६, नवलपरासीका ३, पाल्पाका १६, बर्दियाका १, बाँकेका २७, रुपन्देहीका ५१, दैलेखका २, सल्यानका २, सुर्खेतका २३, कन्चनपुरका ८, कैलालीका ११, डोटीका ११, दार्चुलाका ३, बझाङका २ र बैतडीका ८ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५६,७८८ पुगेको छ । पछिल्लो २४ घण्टामा १०६२ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ४०६३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्