- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (बुधबार) थप ६३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित भेटिएका छन् ।
यस्तै देशभर ४२६ महिला र ७४६ पुरुष गरि कुल ११ सय ७२ जना संक्रमित थपिएको पनि प्रवक्ता गौतमले बताए ।