×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै सीमा नाकामा चेकजाँच फितलो, कोरोना संक्रमणको जोखिम ब्यापक ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २८ भाद्र २०७७, आईतवार

PRIME CA

उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै सीमा नाकामा चेकजाँच फितलो, कोरोना संक्रमणको जोखिम ब्यापक ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । काठमाडौं उपत्यकामा दिनदिनै कोरोना संक्रमणको दर बढ्दै गएपनि उपत्यका भित्रिने नाकाहरुमा चेकजाँच फितलो बन्दै गएको छ । ४ महिना लामो लक डाउनको अन्त्य भएपछि जारी भएको निषेधाज्ञा २२ औं दिनपछि केही खुकुलो भएको छ । नाकाहरुमा पनि चेकजाँच फितलो बन्दै गएको छ । विगतभन्दा निषेधाज्ञापछि केही कडाई गरिएको चेकजाँच निषेधाज्ञा खुकुलो भएसँगै फितलो बन्दै गएको छ । प्रहरीले अहिले अत्यावश्यक मालबाहक सवारी मात्रै उपत्यका भित्रिन दिइरहेको छ । 
खाद्यान्न, तरकारी र फलफुल, दुध, दुग्धजन्य पदार्थ बोकेका सवारी र मासुजन्य सामग्री बोकेका सवारीहरु मात्रै भित्रिन दिएपनि चेकजाँच फितलो देखिएको छ । तर शनिबार नागढुंगा नाका भएर भित्रिने सवारीहरु प्रहरीले चेकजाँच गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड नै पालना नगरेको पाइयो । उपत्यका भित्रिने सवारी चालकका कागजपत्र चेकजाँच गर्दा सामाजिक दुरी नै कायम नगरेको पाइएको हो । नाकाबाट भित्रिने सवारीहरुको विवरण उपत्यका भित्रिन दिइएको छ । चेकजाँचमा खटिएका सुरक्षाकर्मीले मन लागे कागजपत्र हेर्ने र मन नलागे नहेरी पठाउने गरिएको दृश्य नागढुंगा नाकामा देखिन्थ्यो । 
उपत्यका नगरपालिका मेयर फोरमले संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाले नाकामा कडाई गर्न आग्रह गर्दा पनि त्यहो हुन सकेको छैन । यात्रुबाहक सवारीलाई प्रवेश दिइएको छैन । सरकारले नै जिल्लाभित्र मात्रै छाटो दुरीका सवारी सञ्चालनको अनुमति दिएको छ । लामो दुरीका सवारी सञ्चालनको मिति अझै तय भएको छैन । उता साँगा नाकामा सवारीको चाप कम देखिएपनि चेकजाँचमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाइएको पाइदैन । 
उपत्यकामा दैनिक कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । शुक्रबार मात्रै काठमाडौंमा ६ सय २० तथा ललितपुरमा र भक्तपुरमा ३८—३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालालयको तथ्याङ्क रहेको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: