- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा, जागेश्वर गौतमले काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा देशभर ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।