
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञाबारे समीक्षा गर्न र नयाँ निर्णय लिनका लागि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू छलफलमा जुटेका छन् । उपत्यकामा जारी निषेधाज्ञा भोलि (बुधबार) मध्यराति सकिँदैछ।
आज सीडीओहरूसहित अधिकारीहरूले भर्चुअल बैठकमार्फत छलफल गर्दै छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज विस्तृत समीक्षात्मक बैठक बसेर छलफल गरिने र त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने बताए ।
उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायातका प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग पनि आजै छलफल गरिने भएको छ । समीक्षात्मक छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक बस्ने र गृह मन्त्रालयमा प्रस्ताव लैजाने जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्