- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार थप ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं जिल्लामा पाँच सय ३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनामा संक्रमण देखिएको जनाएको हो।
देशभर सोमबार ११ सय ५४ जनामा संक्रमण देखिएको छ । हाल नेपालमा संक्रमिको संख्या ६५ हजार २ सय ७६ र मृतक संख्या ४ सय २७ पुगेको छ । आज मात्रै कोरोनाबाट १६ जनाको ज्यान गएको छ ।