
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ उपत्यकामा पुनः एक हप्ता निषेधाज्ञा थप्ने तयारी भएको छ । कोरोना भाइरसको संक्रमण बढिरहेकाले पुनः एक हप्ता निषेधाज्ञा जारी हुने स्रोतले जानकारी दिएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बुधबार बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने बताए । उनले कोरोना संक्रमणको जोखिम झन् बढिरहेको र अहिलेको अन्य विकल्प नभएकाले निषेधाज्ञा थप्न सकिने संकेत गरेका छन् । काठमाडौँ, भक्तपुर, ललितपुरका सिडिओ र सुरक्षा निकायका प्रमुख, स्वास्थ्यविज्ञसहिहतको बैठकले कडाउनबारे थप निर्णय गर्नेछ ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरात यता निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञाको आज १३ दिन पुगेको छ । दोस्रो चरणको निषेधाज्ञा भोलि बुधबार राति १२ बजेदेखि सकिँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्