×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशी नागरिकहरुका लागि भिसा सेवा खुल्यो, समयमा फर्किन नसक्नेले ३ डलर जरिवाना तिरेर बस्नुपर्ने ! (भिडियो)

PRIME CA
GLOBAL IME BANK

विदेशी नागरिकहरुका लागि भिसा सेवा खुल्यो, समयमा फर्किन नसक्नेले ३ डलर जरिवाना तिरेर बस्नुपर्ने ! (भिडियो)

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । अध्यगमन विभागले कोरोना भाइरस (कोभिड-१९) का कारण नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा सुरु गरेको छ । कोरोना संक्रमण जोखिमका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको अवस्थामा नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा आइतबारबाट सुरु गरेको हो । 
विभागले सेवा सुरु गरेपछि पर्यटक भिसा, कामदार भिसा र एनआरएन भिसामा रहेर नेपालमा रोकिएकाहरुलाई आफ्नो देश फर्किन सहज हुने विभागका महानिर्देशक रमेश केसीले बताउनुभयो । लकडाउनपछि पहिलो पटक असार १ गतेबाट भदौ ४ गतेसम्म सेवा सुचारु भएपनि निषेधाज्ञाका कारण केही समय स्थगित भएको थियो । विभागले पुनः आइतबार सेवा सुचारु गरेको उहाँले बताउनुभयो । 
भिसाको म्याद सकिएकाहरुको हकमा सेप्टेम्बर १५ (भदौ ३०) सम्म आफ्नो देश फर्किन समय दिइएको छ । सो समयमा फर्किएमा कुनै शुल्क लाग्ने छैन । तोकिएको समयमा पनि फर्किन नसकेमा डिसेम्बर १५ (मंसिर मसान्त) सम्म लागु रहने गरी हरेकले तीन डलर जरिवाना तिरेर बस्न सक्ने उहाँको भनाई छ । 
लकडाउन जारी भएपछि बन्द रहेको अन्तर्राष्ट्रिय उडान सेवा भदौ १६ गतेबाट खुला भएको छ । उडान खुला भएसँगै नेपालमा लकडाउन निषेधाज्ञाले रोकिएका विदेशी पर्यटकहरुको भिसा सहजिकरणका लागि सेवा सुचारु गरिएको विभागले जनाएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: