×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय स्तरको खेलको मान्यता पाएको भलिबल अहिलेसम्म पनि बामे अवस्थामै, के भन्छन् संघका महासचिव ? (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

राष्ट्रिय स्तरको खेलको मान्यता पाएको भलिबल अहिलेसम्म पनि बामे अवस्थामै, के भन्छन् संघका महासचिव ? (भिडियो रिपोर्ट)

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)नेतृत्वको सरकारले भलिबल खेललाई २०७४ जेठ ८ गते राष्ट्रिय स्तरको खेलको मान्यता दिएको थियो । राष्ट्रिय स्तरको खेलको मान्यता पाएपनि भलिबल खेलको प्रशिक्षणका लागि आफ्नै पुर्वाधार भने छैन । नेपाल भलिबल संघले जग्गा खोजिरहेको बताउँछ तर अझै सम्म कुनै टुङ्गो छैन । त्यसैले राष्ट्रिय स्तरको भलिबल खेलको ओझ झुकिरहेको छ ।
पुष्पकमल दाहाल प्रचन्ड सरकारको नेतृत्वमा भएका धेरै निर्णय मध्ये २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने निर्णय पनि एक हो । नेपाल भलिबल संघको लामो कसरत र पछिल्लो समय देशमा देखिएको लोकप्रियताले भलिबल राष्ट्रिय खेलको रुपमा स्थापित भइसकेको छ । सामान्य पूर्वाधारमा खेल्न सकिने र सबैलाई मनोरञ्जन दिने खेल भलिबलले राष्ट्रिय खेलको मान्यता पाए पनि अहिले सम्म बामे सर्ने बाहेक केही उपलब्धी देखिएको छैन् । भलिबल खेलका लागि अन्तर्राष्ट्रिय स्तरको आफ्नै सुविधा सम्पन्न खेल मैदान आवस्यक छ । तर नेपाल भलिबल संघले अहिले सम्म जग्गा खोज्ने बाहेक केही काम गर्न सकेको छैन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जग्गा खोज्ने काम भइरहेको बताउनुभयो । 
भलिबल खेलमा नेपाली महिला टोलीको प्रदर्शनले निकै चर्चा पाएको पनि छ । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला भलिबलले रजत पदक जित्दै उत्कृष्टताको संकेत दिइसेको छ । जुन नेपाली महिला टिमका लागि निकै ठूलो सफलताको रुपमा हेरिएको छ । तर महिलाको तुलानामा पुरुष टोलीको प्रदर्शन भने सम्झन लायक बनेन । त्यसको कारण नेपालको तयारी फितलो देखियो भने अन्य देशले भलिबलमा उल्लेख्य प्रगाति गरे । तयारी फितलो देखिनुको कारण भलिबलका लागि सामान्य पूर्वाधारमा खेल्नुपर्ने बाध्यता पनि हो । साँघुरा पूर्वाधारलाई अधिक्तम प्रयोग गर्दै आएको महिला टोलीलाई अब अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पूर्वाधार अपुग देखिन्छ । जग्गा उपलब्ध भएपछि नेपालमा नै अन्तराष्ट्रिय स्तरको कोर्ट बनाउने महासचिव चन्दले बताउनुभयो । 
सरकारले राष्ट्रिय खेल घोषणा गरे पनि भलिबललाई सोही नजरमा नहेरेको पक्कै हो । बारम्बार नेपाल भलिबल संघले छुट्टै भलिबल कोर्ट बनाउनका लागि पहल गरे पनि अहिले सम्म स्थल अभावमा भौतारिनु परेको छ । उज्वल भविष्य देखिएको भलिबल खेलको पूर्वाधार विकास र प्रशिक्षणलाई सरकारले समयमा नै ध्यान दिन सके नेपालले पनि अन्तर्राष्ट्रिय स्तरमा राम्रै स्थान ओगट्न सक्ने छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: