×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वमा कोरोनाका कारण ८ लाख ७३ हजार बढीको मृत्यु,संक्रमितको संख्या कति ?

GLOBAL IME BANK

विश्वमा कोरोनाका कारण ८ लाख ७३ हजार बढीको मृत्यु,संक्रमितको संख्या कति ?

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ७३ हजार २२९ पुगेको छ । यो समाचार तयार पार्दासम्म २ करोड ६४ लाख ७२ हजार ०१२ जनामा संक्रमण पुष्टी भएको छ । एकै दिन २ लाख ८८ हजार २४६ मा नयाँ संक्रमण देखिएको छ भने ५ हजार ९०१ जनाले ज्यान गुमाएका छन् ।
संक्रमित १ करोड ८६ लाख ६४ हजार ६११ जनाले कोरोनालाई जितेका छन् भने ६९ लाख ३४ हजार १७२ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६० हजार ७८४ जनाको अवस्था गम्मीर छ । चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा ६३ लाख ३५ हजार २४४ जना संक्रमित छन् । १ लाख ९१ हजार ५८ जनाले ज्यान गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: