×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १७ लाख बढी, मृत्यु हुनेको संख्या कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विश्वमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १७ लाख बढी, मृत्यु हुनेको संख्या कति ?

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १७ लाख ८५ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख ७५ हजार ४७२ पुगेको छ । हालसम्म २ करोड ३४ लाख ९ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख ९७ हजार ९३७ पुगेको छ । यहाँ हालसम्म २ लाख ५ हजार ४७१ हजार जनाको मृत्यु भएको छ । 
भारतमा हालसम्म ५६ लाख ४६ हजार १० संक्रमित हुँदा ९० हजार २१ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ४५ लाख ९५ हजार ३३५ जना संक्रमित हुँदा १ लाख ३८ हजार १५९ जनाको मृत्यु भएको छ । रुसमा ११ लाख १५ हजार ८१० संक्रमित हुँदा १९ हजार ४६९ जनाको मृत्यु भएको छ । कोलम्बियामा ७ लाख ७७ हजार ५३७ संक्रमित हुँदा २४ हजार ५७० जनाको मृत्य भएको छ । पेरुमा ७ लाख ७६ हजार ५४० जना संक्रमित हुँदा ३१ हजार ५८६ जनाको मृत्यु भएको छ । 
चीनमा पछिल्लो २४ घण्टामा १० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ३०७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ७९ हजार ४३८ जना संक्रमित हुँदा १ हजार ५०८ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ६६ हजार ६३२ जना संक्रमति फेला पर्दा ४८ हजार ६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४२९ जनाको भने मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: