
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्न लागिएको बताउनुभएको छ । उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीको बीचमा भएको छलफल पछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलबीचको उच्च स्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको बताउनुभएको छ ।
पर्यटनमन्त्री भट्टराईले कोभिड संक्रमण कम भएका मूलुकबाट पीसीआर नेगेटिभ भएका व्यक्तिलाई ल्याउन एयरलाइन्सहरुबाट माग भए अनुसार नियमित उडानको संख्या थप्ने समझदारी भएको बताउनुभयो । पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अथवा कुनै विदेशी कम्पनीले आफ्नै खर्चमा कादमारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदन गरिने उहाँले बताउनुभयो । विदेशमा बेखर्ची भएर बस्नुपरेका नेपालीहरुलाई भने श्रम कल्याणकारी कोषबाट उद्धार गर्न श्रम मन्त्रालय र सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था गरिने पनि मन्त्री भट्टराईले बताउनुभयो ।
नियमित उडानको संख्या बढाउँदा एयरलाइन्सहरुबिच प्रतिस्पर्धा बढ्न गई भाडादर घट्ने विश्वास समेत मन्त्री भट्टराईको छ । उहाँले अन्तर्राष्ट्रिय एयरलाइन्सका नीति नियमलाई समेत मान्नुपर्दा भाडादर नियन्त्रण गर्न नसकेको बताउनुभयो । सरकारले अन्तर्राष्ट्रिय निकायलाई पत्र पठाएर सचेत गराउँदा दुई देशबिचमा भएको हवाई सम्झौताको विवरण पठाएर नेपालले किन पत्र पठायो भन्ने आषयको प्रतिक्रिया आएको समेत बताउनुभयो । आइटा लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुले समेत त्यसमा आपत्ति जनाएको मन्त्री भट्टराईको भनाई छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्