×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री खतिवडा ‘आउट’ हुने ‘फिक्स’, आज हुँदैछ औपचारिक निर्णय !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अर्थमन्त्री खतिवडा ‘आउट’ हुने ‘फिक्स’, आज हुँदैछ औपचारिक निर्णय !

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको अर्थमन्त्री पद यही भदौ २० गते सकिँदैछ । खतिवडाले तेस्रो कार्यकालका लागि उक्त पद पाउने नपाउनेबारे आज निर्णय हुने भएको छ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने सचिवालय बैठकले राष्ट्रिय सभामा कसलाई लग्ने भन्ने निर्णय गरेपछि अर्थमन्त्रीमा खतिवडा रहने वा नरहने निर्क्यौल हुनेछ ।
खतिवडा २०७४ साल फागुन २१ गते राष्ट्रिय सभाको पहिलो बैठकबाट दुई वर्षे कार्यकालका लागि नियुक्त भएका थिए । उनको पदावधी गत फागुन सकिएको थियो । त्यससँगै उनको अर्थमन्त्रीको पद पनि गुमेको थियो।
संसद सदस्य नरहेको व्यक्ति पनि ६ महिनासम्मको लागि मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः अर्थमन्त्रीमा खतिवडालाई नियुक्त गरेका थिए ।  संवैधानिक व्यवस्था अनुसार खतिवडाको ६ महिने कार्यकाल पनि आगामी २० भदौमा सकिन लागेको हो ।
यता प्रधानमन्त्री ओली राष्ट्रिय सभा सदस्यमा खतिवडाकै नाम सिफारिस गर्ने र उनलाई नै अर्थमन्त्री पदमा निरन्तरता दिने मनस्थितिमा छन् । तर अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) भने त्यो  मनस्थितिमा छैनन् । उनले नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानुपर्नेमा जोड दिइरहेका छन् ।  
यसो त गौतमले राष्ट्रिय सभामा मनोनित भएसँगै उपप्रधानमन्त्री र अर्थमन्त्री पद पनि आफूले पाउनु पर्ने माग गरेका छन् । ओली पार्टीभित्रको किचलो व्यवस्थापनको लागि पनि वामदेवलाई टार्न सक्ने अवस्थामा छैनन् ।  राष्ट्रिय सभा सदस्य मनोनितकै विषयमा निर्णय गर्न आज ३ बजे नेकपाको सचिवालय बैठक बस्दैछ । ११ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री ओलीको आन्तरिक परामर्श र छलफल नसकिएकाले  ३ बजेका लागि सारिएको छ ।यसो त अर्थमन्त्री खतिवडानै उक्त पदमा निरन्तरत दिन अनिच्छुक रहेको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: