×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युवराज खतिवडालाई प्रमुख सल्लाहकार बनाएर सबै मन्त्रालय हेर्ने जिम्मा दिने तयारीमा प्रधानमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युवराज खतिवडालाई प्रमुख सल्लाहकार बनाएर सबै मन्त्रालय हेर्ने जिम्मा दिने तयारीमा प्रधानमन्त्री

Artha Sarokar

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा.युवराज खतिवडालाई आफ्नो प्रमुख सल्लाहकारमा नियुक्त गर्ने भएका छन् । अर्थमन्त्री पदबाट आजबाट बीदा लिन लागेका खतिवडा प्रधानमन्त्री ओलीले प्रमुख सल्लाहकार बनाएर सबै मन्त्रालयको अनुगमन गर्ने जिम्मेवारी दिन लागेका हुन् ।
नेकपाले उपाध्यक्ष बामदेव गौतमको नाम राष्ट्रियसभा सदस्यको लागि  सिफारिस गर्ने निर्णय गरेसँगै मन्त्रिपरिषद बैठकले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्दै छ । गौतमको नाम सिफारिश भएसँगै खतिवडा मन्त्रीबाट बिदा हुनेछन् । यता प्रधानमन्त्री ओलीले खतिवडालाई प्रमुख सल्लाहकार बनाएपछि ‘डि’फ्याक्टो पिएम’को रुपमा पूनः सिंहदरबार फर्किनेबारे चर्चा हुन् थालेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी