×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल विद्युत प्राधिकरणका ३० जना कर्मचारीमा एकैसाथ कोरोना संक्रमण पुष्टी, सेवा ठप्प !

PRIME CA

नेपाल विद्युत प्राधिकरणका ३० जना कर्मचारीमा एकैसाथ कोरोना संक्रमण पुष्टी, सेवा ठप्प !

३० आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

विराटनगर । नेपाल विद्युत प्राधिकरणमा कार्यरत ३० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । प्राधिकरणको विराटनगर वितरण केन्द्रका ३० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै शुक्रबारदेखि अनिश्चित कालका लागि कार्यालय बन्द गरिएको छ ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै कार्यालयबाट प्रवाह हुँदै आएको सेवासहित प्राधिकरण बन्द गरिएको हो ।सो वितरण केन्द्रमा स्थायी र करार गरेर एक सय ८० कर्मचारी कार्यरत छन् । जसमा एक सय कर्मचारीको भने परीक्षण गर्न बाँकी रहेको छ । संक्रमित कर्मचारी कोरोनामुक्त भएपछी मात्रै कार्यालय खोलिने केन्द्र प्रमुख राजीव सिंहले जानकारी दिएका छन् । तर विद्युत आपूर्तिमा भने कुनै पनि समस्या आउन नदिइने उनको भनाइ छ। 
संक्रमित प्राधिकरणका एक प्राविधिकको यसअघि नै मृत्यु भइसकेको छ। विराटनगर महानगरपालिका-३ घर भएका ५६ वर्षीय पुरुषको साउन २७ गते उपचारका क्रममा कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: