×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डा. केसी र सरकारबीचको वार्ता चार बजे फेरी बस्ने, जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पुर्याउन चाहेको भनाई ! (भिडियो)

PRIME CA

डा. केसी र सरकारबीचको वार्ता चार बजे फेरी बस्ने, जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पुर्याउन चाहेको भनाई ! (भिडियो)

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । सरकारी टोली र डा. केसीका प्रतिनिधिबिच भएको वार्ता केही समयका लागि स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) विहान साढे दश बजेदेखि जारी वार्ता दिउसो ४ बजे फेरी बस्नेगरी स्थागित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताउनुभयो ।
उहाँले विहान देखि भएको वार्तामा सरकारी टोलीसँग डा. केसीका मागहरुको सम्बन्धमा बुँदागत छलफल भएको बताउनुभयो । अहिले सम्म भएको छलफललाई ड्राफ्ट बनाई दुवै पक्षबिच फेरी छलफल भई दिउसो ४ बजे वार्तामा बस्ने सहमति भएको डा. कार्कीले बताउनुभयो । उहाँले आफुहरु जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पु¥याउन चाहेकोसमेत बताउनुभयो ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसी २५ दिन यता अनशनरत हुनुहुन्छ । सरकारले डा. केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य रहनुभएको छ । 
सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहनुभएको छ । हेर्नुहोस्  भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: