×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन डिष्ट्रिलरीसहित ५ कम्पनी नेप्सेको कारवाहीमा, सेयर कारोबार रोकियो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हिमालयन डिष्ट्रिलरीसहित ५ कम्पनी नेप्सेको कारवाहीमा, सेयर कारोबार रोकियो !

Artha Sarokar

२ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । हिमालयन डिष्ट्रिलरीसहित ५ कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारवाहीमा परेका छन् । हिमालयन डिष्ट्रिलरीसहित ५ कम्पनीले वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाउँदा नेप्सेको कारवाहीमा परेका हुन् । 
असोज मसान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाई सक्नुपर्ने नियम भएपनि हालसम्म पाँच कम्पनीले नविकरण शुल्क नबुझाएको नेप्सेले जनाएको छ । नेप्सेले नविकरण शुल्क नबुझाएको भन्दै हिमालयन डिष्ट्रिलरी, नेपाल हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र मल्टिपर्पस फाइनान्सको सेयर कारोबार रोक्का गरेको हो ।
नवीकरण शुल्क नबुझाउने कम्पनीको नेप्सेले सेयर कारोबार रोक्का गरेको नेप्सेका वरिष्ठ अधिकृत तथा प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी