
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौँको स्वयम्भूबाट बाघको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वयम्भूस्थित होटल प्लाजामा ६० लाखमा बेच्नेगरी ल्याएर राखिएको पाटे बाघको छालासहित ४ जनालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाको टोलीले जनाए ।
पक्राउ पर्नेमा धादिको गल्छी गाउँपालिकाका टेकबहादुर तामाङ, सुजन थिङ, आशिष तामाङ र मकवानपुरको थाहा नगरपालिकाका सानुकान्छा थिङ रहेका छन् । धादिङको स्थानीय व्यक्तिबाट टेकबहादुर तामाङले नगद ३५ लाख रुपैयाँमा छाला खरिद गरी ल्याएको र उक्त पैसा स्थानीय अर्को व्यक्तिले लगानी गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
सो छाला उनीहरुले ६० लाखमा बेच्न खोजेको र सो पैसाले दशैं मनाउने मनशायले प्रलोभनमा परेको खुलेको कार्कीले बताए । प्रहरीले बाघ छालाको कारोबारमा अन्य व्यक्तिहरुको संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्