×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्याद सकिएका उपभोग्य वस्तुमा नयाँ मिति राखेर बजारमा पठाउने समूहमा संलग्न थप दुई जना पक्राउ

PRIME CA

म्याद सकिएका उपभोग्य वस्तुमा नयाँ मिति राखेर बजारमा पठाउने समूहमा संलग्न थप दुई जना पक्राउ

अर्थ सरोकार

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । म्याद सकिएका चकलेट र बिस्कुटमा नयाँ मिति राखेर बजारमा पठाउने समूहमा संलग्न थप दुई जना पक्राउ परेका छन् । कलंकीस्थित आयन डिष्टब्युट्ररबाट पक्राउ परेकाको बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । 
‘पक्राउ परेकाहरु कलंकीस्थित आयन र बाफलको अमेजन डिष्टिब्युटरसँग संलग्न रहेको पाइए पनि अनुसन्धानकै चरणमा रहेकाले सबै कुरा खोल्न मिल्दैन,’ आचार्यले भने । पक्राउ परेकाहरुलाई प्रहरीको हिरासतमा पठाइएको र थप अनुसन्धान भईरहेको विभागले जनाएको छ । म्याद गुजि्रएको वस्तुमा नयाँ लेवल लगाएको अभियोगमा हालसम्म अनुसन्धानकालागि १३ जनालाई थुनामा पठाइएको निर्देशक आचार्यले बताए ।
गत असोज १५ गते स्नेकर्स चकलेट, ओरिओ बिस्कुट, पौष्टिक तत्वको रुपमा प्रयोग हुने हर्लिक्स, बनभिटा तथा ट्याङ जुस, बण्टी चकलेट र यूनिलिभरले उत्पादन गर्ने सबै कस्मेटिक समानमा नयाँ उपभोग्य मिति राखिएको फेला परेको थियो । तीन वटा घरको हरेक कोठादेखि बाथरुममासमेत म्याद सकिएको वस्तु पुनः म्याद टाँस्न राख्ने गरेको भेटिए पछि वाणिज्य विभागले गोदाम सिल गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: