Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै ४६ लाख ठगी, तीन वर्षपछि पक्राउ परे भीमबहादुर

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ठगी गरेर फरार रहेका भीमबहादुर तामाङलाई पक्राउ गरेको हो । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ का २८ वर्षीय तामाङलाई बौद्धस्तुपाबाट पक्राउ गरेको हो। 
उनले सृजना दोङ समेतका व्यक्तिलाई विदेश पठाउने भन्दै ४६ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। उक्त कसुरमा २०७४ भदौ ११ गते अदालतले उनलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । सोही मुद्दाका फरार प्रतिवादी तुलबहादुर तामाङलाई भने महाशाखाको टोलीले असोज १६ गते डिल्लीबजारबाट पक्राउ गरेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK