- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। नक्कली नागरिकता बनाई अर्काको नामको करिब ५० करोडको घरजग्गा बिक्री गर्न खोज्ने ललितपुरका केवलप्रतापजंग राणा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो ।
वीरगन्ज नगरपालिका– ५ स्थित पाँच कठ्ठा १५ धुर जग्गा र त्यसमा भनेको घर आफ्नो भएको भन्दै बिक्रीका लागि ५० लाख रुपैयाँ लिइसकेका थिए ।
जग्गाधनीको आफू हकवाला भएको विश्वासमा पार्न उनले मुकेश राजभण्डारीको नाममा नक्कली नागरिकता बनाएको प्रहरीले जनाएको छ । सिआइबीले उनलाई पर्सा प्रहरीमा बुझाएको छ ।