Skip to content
LAXMI SUNRISE BANK

बिपी प्रतिष्ठानका २२ जना इन्टर्न डाक्टर र ४ नर्समा कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका २२ जना इन्टर्न गरिरहेका चिकित्सक र ४ जना स्टाफ नर्सलाई कोरोना संक्रमण पुष्टी भएको छ । इन्टर्न चिकित्सकलाई कोरोना देखिन थालेपछि एक साताका लागि होस्टेल सिल गरिएको छ । साथै उनीहरुको ड्युटी पनि एक साताका लागि स्थगित गरिएको छ।
प्रतिष्ठानको होस्टेलमा १७५ जना एमबिबिएस र बिडिएसका इन्टर्न गरिरहेका चिकित्सक बस्ने गरेको बताइएको छ। तीमध्ये २२ जनामा कोरोना संक्रमण भएको हो । २ जनालाई कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ भने अन्य संक्रमितलाई संक्रमण नभएकाहरुसँगै होस्टलमा राखिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK