×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना त्रास : बाग्लुङ नगरपालिकाद्वारा अनिश्चितकालका लागि सेवा बन्द

PRIME CA
GLOBAL IME BANK

कोरोना त्रास : बाग्लुङ नगरपालिकाद्वारा अनिश्चितकालका लागि सेवा बन्द

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बाग्लुङ । बाग्लुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुष्टी भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए । 
बाग्लुङ जिल्लामा शनिबार मात्रै ४७ जनामा कोरोना पुष्टी भएका थियो । ती मध्ये अधिकांश बाग्लुङ बजार क्षेत्र आसपासका रहेका जनाइएको छ । नगरपालिकाको एक जना स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिधिमा सङक्रमण भएपछि अहिले कन्ट्रयाक्ट ट्रेसिङ भइरहेका कारण नगरपालिकाको सेवा बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । 
नगरपालिकाले नगरपालिकाको कार्यालय सहित १४ वटै वडामा अत्यावश्यक सेवा बाहेका काम बन्द गरिएको हो । बाग्लुङमा हालसम्म ५२५ जनालाई सङ्क्रमण भएको छ । ती मध्ये ३६७ जना कोरोना मुक्त भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । बाग्लुङमा हाल सक्रिय सक्रमितको सङ्ख्या १५७ जना रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: