×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहरकैबीच बझाङ्गमा पठनपाठन सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोना कहरकैबीच बझाङ्गमा पठनपाठन सुरु

Artha Sarokar

१५ कार्तिक २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
बझाङ्ग । कोरोना महामारीका कारण गएको चैतदेखि बन्द रहेका बुङ्गल नगरपालिका भित्रका विद्यालयहरुमा सोमबार देखि पठनपाठन संञ्चालन गरिने भएको छ । कोरोना महामारी बढ्दै गएपछि सरकारले घोषणा गरेको बन्दाबन्दी अर्थात लकडाउनका कारण चैत्र देखि देशभरका विद्यालयहरु बन्द रहेका छन । शुक्रबार बुङ्गल नगरपालिका शिक्षा शाखा र नगरपालिका भित्रका बिद्यालयका प्रधानाध्यापकहरुको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शनिबार बाहेक अन्य सार्वजनिक विदाको दिन पनि पढाइ संञ्चालन गर्ने निर्यण गरेको छ ।
सरकारको पछिल्लो निर्णय सँगै अधिकांश विद्यालयहरुले वैकल्पिक माध्यममा पढाई संचालन गरेको भएपनि बुङ्गल नगरपालिमा भने इन्टरनेट र सञ्चार माध्यमको राम्रो पहुँच नभएका कारण वैकल्पिक माध्यम बाट पढाई संचालन गर्न नसकिएको बुङ्गल नगरपालिका शिक्षा शाखा संयोजक धनकृण रेक्मी बताए । शैक्षिकसत्र लम्बिन नदिन र शिक्षण सिकाईलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाइ सामुदायिक तथा निजि बिद्यालय पूर्णरुपमा संचालन गरिन लागिएको उनको भनाई छ ।
कोरोना महामारीकै बेला बिद्यालय सञ्चालन गरीन लागेको भए पनि लामो समय पछि बिद्यालयमा पढ्न पाईने भन्दै बिद्यार्थी हरु खुशी भएका छन् । कोरोना नियन्त्रण भए पछि पढौला भनेर कुरेर बसेपछि आफ्नो पढाइ र भविश्य समेत बिग्रने भन्दै अब आफुहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ कोरोना संगै बाच्न सिक्नु पर्ने कक्षा १० मा अध्यनरत बिद्यार्थी धनसरा बोहराले बताइन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी