×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा झन्डै ३ हजार बैंकरमा कोरोना संक्रमण पुष्टी, वाणिज्य बैंकका मात्रै २४०० कर्मचारी संक्रमित, विकास बैंकमा कति ?

PRIME CA

नेपालमा झन्डै ३ हजार बैंकरमा कोरोना संक्रमण पुष्टी, वाणिज्य बैंकका मात्रै २४०० कर्मचारी संक्रमित, विकास बैंकमा कति ?

अर्थ सरोकार

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । पछिल्लो समय बैंकका कर्मचारीमा कोरोना संक्रमण हुने दर बढेको छ । नेपालमा अहिले कोरोना संक्रामितको कुल संख्या ९० हजार ८ सय १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा झन्डै ३ हजार जना बैंकर मात्रै रहेका छन् । नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले सोमबारसम्म केन्द्रिय कार्यालय र देशभरका शाखा कार्यालयमा कार्यरत २ हजार ९०० जना कर्मचारीमा कोरोना पुष्टी भइसकेको जानकारी दिए ।  
बैंकका कर्मचारी मात्रै नभएर उनका परिवारका सदस्य पनि संक्रमित भएका छन् । संचालनमा रहेका २७ वटै वाणिज्य बैंकमा कार्यरत २४०० कर्मचारी संक्रमित भएको निर्देशक ढकालले बताए । यस्तै उनले अहिलेसम्म विकास बैंकमा कार्यरत ४०० कर्मचारीमा कोरोना देखिएको बताए । साथै वित्त कम्पनीका १०० कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण दर बढेसँगै  दिनहुँ दर्जनौंको संख्यामा बैंकका कर्मचारी पुष्टी हुने गर्दछ । 
नेपाल राष्ट्र बैंकमा पनि डेपुटी गभर्नरसहित अन्य कर्मचारी संक्रमित भएका थिए । यस्तै अहिले ग्लोबल आइमएमई बैंकका अध्यक्ष चन्द्र ढकाल कोरोना संक्रमणमा परेका छन् । बैंकर एशोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भूवन दाहालसमेत घरमै बसेर काम गरिरहेका छन् । संक्रमितको भएसंगै निको हुनेको संख्या पनि बढिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: