×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ वर्षिय बालकले बैंकबाट २० लाख भारु चोरेपछी….

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

११ वर्षिय बालकले बैंकबाट २० लाख भारु चोरेपछी….

Artha Sarokar

१६ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ११ वर्षिय बालकमाथि बैंकबाट २० लाख भारु चोरेको आरोप लागेको छ । भारतको जिन्दमा ११ वर्षीय बालकमाथि पञ्जाब नेसनल बैंकको एक शाखाबाट २० लाख भारु चोरेको आरोप लागेको हो ।

चोरीको बारेमा सोमबारबेलुका जानकारी प्राप्त भएको थियो । दिन सकिएपछि नगद गनेर रुजु गर्दा २० लाख भारुको हिसाब आएन । गत सोमबार बेलुका नगद गनेर रुजु गर्दा २० लाख भारुको हिसाब नआएपछी यो घटना बाहिरिएको हो । 
२० लाख भारुको हिसाब नआएपछी बैंकका कर्मचारीले राति प्रहरीलाई खबर गरे । प्रहरीले सीसीटीभी फूटेज हेर्दा प्रहरीले उक्त नगद एक बालकले चोरेको पाए । पहिचान नखुलाइएका उक्त बालकले व्यावसायिक चोरकै तरिका अपनाएर नगद चोरेको देखिन्छ । क्यासियर क्याबिनबाट निस्केर शौचालय जाँदा ती बालक सुटुक्क क्याबिनमा पसे र झोलामा क्याश राखेर चम्पत भए ।
बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । –
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी