×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरमा १५ दिन कैद र ३४ लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ, चितवन जिल्ला अदालतमा पेस गरियो !

अर्थ सरोकार

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार

PRIME CA

बैंकिङ कसुरमा १५ दिन कैद र ३४ लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ, चितवन जिल्ला अदालतमा पेस गरियो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंकिङ कसुरको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।  बैंकिङ कसूरको मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका-३ बस्ने ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ  गरेको हो ।
श्रेष्ठलाई प्रहरीले आइतबार चितवनको रत्ननगरबा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनीविरूद्ध दिपा थपलियाले जाहेरी दिएकी थिइन् । उच्च अदालत पाटनले उनलाई जेठ ३० गते १५ दिन कैद र ३४ लाख जरिवाना हुने ठहर गरेको थियो । सजाय बेरूजू गरी फरार रहेका उनलाई ब्युरोले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि सोमबार चितवन जिल्ला अदालतमा पेश गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: