
- अर्थ सरोकार सम्बाददाता
चितवन । बैंकिङ कसुरको मुद्धामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ जीवनपुर गाविस–८ (हाल धुनिवेसी नगरपालिका–५) घर भई हाल काठमाडौं बाफल बस्ने ५१ वर्षीय पन्चम अकौलिया रहेका छन् ।
अदालतले सजाय तोके पनि लुकिछिपी बस्दै आएका उनलाई प्रहरी प्रधान कार्यालयको अनुसन्धान ब्युरोले भरतपुरबाट पक्राउ गरको हो । मनोजप्रसाद साहले दिएको जाहेरीका आधारमा अकौलियालाई उच्च अदालत पाटनले २०७५ असार २२ गते १० दिन कैद र १७ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
अकौलियाले साहसँग पैसा सापटी लिएका थिए । आफुले लिएको सापटी तिर्ने बेलामा अकौलियाले साहलै एनएमबि बैंकको चेक दिएका थिए । तर उक्त खातामा पैसा नभएर चेक बाउन्स भएको थियो । त्यसपछि साहले अकौलियाविरुद्ध कारबाहीका लागि किटानी जाहेरी दिएका थिए ।
जसअनुसार अदालतले उनलाई दोषी ठहर्याएको थियो । फैसला कार्यान्वयनका लागि अकौलियालाई मंगलबार चितवन जिल्ला अदालतमा पेश गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्