Skip to content
LAXMI SUNRISE BANK

बैकिङ कसुरमा एक महिना कैद र ९० लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

झापा । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईलाई सोहि क्षेत्रबाट पक्राउ गरेका हुन् । 
जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैकिङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले प्रसाईलाई एक महिना कैद र २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो ।
प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको जाहेरीका आधारमा सोही मुद्दामा सो अदालतले ०७६ पुस २१ गते एक महिना कैद र ९० लाख बिगोसहित दुवै सजाय फैसला गरेको थियो । प्रवक्ता थापाले कार्यालय खुलेपछि प्रतिवादीलाई अदालतमा उपस्थित गराइ थप कानूनी कारबाही अघि बढाइने बताए ।प्रसाईँलाई कार्यालय खुलेपछि अदालतसमक्ष उपस्थित गराइनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK