×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट बर्दियामा थप १ जना पुरुषको मृत्यु !

PRIME CA

कोरोना संक्रमणबाट बर्दियामा थप १ जना पुरुषको मृत्यु !

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

बर्दिया

  • अर्थ सरोकार सम्बाददाता 
बर्दिया। बर्दियामा थप १ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बारबर्दिया नगरपालिका – ७ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए । श्वासप्रश्वासको समस्याका कारण उनलाई असोज २५ गते उपचारका लागि कोहलपुर शिक्षण अस्पतालमा लगिएको थियो । उपचारअघि उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य प्रमुख गिरीका अनुसार ती पुरुषको अवस्था सामान्य भएपछि घरपरिवारको आग्रहमा कात्तिक २ गते अस्पतालले होम आइसोलेसनमा पठाएको थियो । बुधबार पुन: श्वासप्रश्वासमा समस्या देखेपछि उनलाई कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको हो । जिल्लामा कोरोनाबाट हाल सम्म ७ जनाको मृत्यु भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: