×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना देखिएपछि स्वास्थ्य चौकी र वडा कार्यालय सिल

PRIME CA

कोरोना देखिएपछि स्वास्थ्य चौकी र वडा कार्यालय सिल

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ मा रहेको नेउलापुर स्वास्थ्य चौकी र वडा नम्बर ७ को वडा कार्यालय सिल गरिएको छ । नेउलापुर स्वास्थ्य चौकीमा कार्यरत् एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएसंगै स्वास्थ्य चौकी असोज २५ गतेदेखि असोज २९ गतेसम्म सिल गरिएको हो ।
यस्तै सोही नगरपालिका वडा न- ७ का वडाध्यक्षमा पनि कोरोना संक्रमण पुष्टी भएपछि वडा कार्यालय पनि ५ दिनका लागि सिल गरिएको नगरपालिकाले जनाएको छ । ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: