×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँको भानु नगरपालिकाको केन्द्र अन्यत्र नसार्न सर्वोच्चकाे अन्तरिम आदेश, दुवै पक्षलाई २९ गते बोलाईयो ! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

तनहुँको भानु नगरपालिकाको केन्द्र अन्यत्र नसार्न सर्वोच्चकाे अन्तरिम आदेश, दुवै पक्षलाई २९ गते बोलाईयो ! (भिडियो रिपोर्ट)

Artha Sarokar

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

तनहुँ । तनहुँ जिल्लाको भानु नगरपालिकाको केन्द्र अहिले कायम रहेको स्थानबाट तत्काल अन्यत्र नसार्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अहिले कायम रहेको नगरपालिकाको वडा नम्बर २ बाट अन्यत्र सार्ने चलखेल भएको भन्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले तत्काल नसार्न भनेको हो । नगरपालिकाको निर्णय विरुद्ध वडा नं. २ का अध्यक्ष अर्जुनबहादुर केसीले रिट निवेदन दर्ता गराउनुभएको थियो । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले असोज १६ गते तत्काल अन्यत्र नसार्न अन्तरिम आदेश दिँदै छलफलका लागि दुवै पक्षलाई २९ गते बोलाएको छ । 
नगरपालिकाको केन्द्र सार्ने विषयलाई लिएर स्थानीयले विरोध गर्दै आएका छन् । वडा नम्बर २ फुस्रेटारमा नगरपालिकाको कार्यालय रहँदा सबैलाई पायक पर्ने, सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेको, जग्गाको कुनै कमी नभएको, सबै नगरवासीहरुलाई सहज बाटोको व्यवस्था भएकोले पनि सो कार्यालय फुस्रेटारबाट अन्यत्र सार्न नहुने स्थानीयको भनाई छ । अहिले कायम रहेको वडा नम्बर २ स्थित फुस्रेटारमा रहेको नगरपालिकाको कार्यालय, गत असोज १ गतेबाट वडा नं. १ स्थित भन्सारमा रहेको शहरी विकास आयोजनाको भवनबाट ३ वर्षको लागि भाडामा लिएर काम कार्वाही सुरु भएपछि स्थानीयले विरोध जनाउँदै आएका छन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी