×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महामारीको समयमा किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल ? सम्बन्धमा केहि सुधार ल्याउला ?

PRIME CA
GLOBAL IME BANK

महामारीको समयमा किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल ? सम्बन्धमा केहि सुधार ल्याउला ?

१५ कार्तिक २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारीले प्रभावित नेपाललाई महामारीविरुद्ध लड्‍न ठूलो सहयोग प्रदान गरिरहेको छ । महामारीका लागि भारत सरकारले पटक-पटक स्वास्थ्य सामग्री उपलब्ध गराइरहेको छ । भारतीय सेनाले पनि नेपाली सेनालाई कोभिड-१९ विरुद्ध लड्‌नका लागि स्वास्थ्य उपकरण प्रदान गरेको थियो । 
यहीबीच भारतीय सेना प्रमुख नोभेम्बर ४ देखि ६ सम्म तीन दिन नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवणे नेपाल भ्रमणमा आउने भएका हुन् । 
उनी यसअघि नै नेपाल भ्रमणमा आउने तय भए पनि लकडाउनका कारण उक्त भ्रमण स्थगित भएको थियो । भारतीय सेनाध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ सेनाप्रमुखको उपाधि प्रदान गर्ने छन् । नेपाल-भारत दुबै मुलुकका सेना प्रमुखलाई एक-अर्काको मुलुकको मानार्थ सेना प्रमुखको उपाधि दिने प्रचलन रहेको छ । नेपालका प्रधानसेनापति थापाले यसअघि नै भारतको मानार्थ सेनाप्रमुखको उपाधि प्राप्त गरिसकेका छन् । 
नेपाल-भारत सीमा समस्याले गर्दा दुबै मुलुकको सम्बन्धमा दरार पैदा भएको भन्दै प्रचार गरिएका बेला भारतीय सेना प्रमुखको नेपाल भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतकारुपमा रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका थिए । भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणले दुबै मुलुकको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: