×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनस्वास्थ्यमाथि भाटभटेनीको ब्यापक खेलवाड, सस्तोको नाममा खसीको मासु भन्दै धमाधम बोकाको गन्हाउने मासु भिडाउदै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जनस्वास्थ्यमाथि भाटभटेनीको ब्यापक खेलवाड, सस्तोको नाममा खसीको मासु भन्दै धमाधम बोकाको गन्हाउने मासु भिडाउदै !

Artha Sarokar

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरले फेरी पनि जनस्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ । भाटभटेनीले पछिल्लो समय मासुमा ग्राहकहरुलाई झुक्याएको पाइएको छ । भाटभटेनीले झन्डै एक महिना अघि खशीको मासु  प्रतिकिलो ८५० रुपैयाँमै बिक्री गर्ने बताएको थियो । सो समयमा बजारमा भने खशीको मासु प्रतिकिलो १३ सय रुपैयाँसम्म थियो । भाटभटेनीमा झन्डै खशीको मासुको मूल्य किलोमा ४५० कम थियो ।
तर सस्तोको नाममा भाटभटेनीले उपभोक्तालाई नै झुक्याएको पाइएको हो । सामाजिक संजालमार्फत ग्राहकहरुले भाटभटेनीले खसीको मासुभन्दै बोकाको मासु दिएर झुक्काएको गुनासो गर्न थालेका छन् । यस्तै उद्यमी सनम चित्रकारले सामाजिक संजाल ट्वीटरमा भाटभटेनीले सस्तो खसीको मासु भनेर बोकाको मासु बिक्री गरेको गुनासो पोखेका छन् । उनले ट्वीटरमार्फत ‘भाटभटेनीको सस्तो खसीको मासुको गन्धले तर्सियो, बोका गन्हायो, मन पर्नेलाई त ठिकै हो, म जस्तो बोकाको मासु घनघोर मन नपर्नेलाई आपत भयो, उल्लेख गरेका छन् । यो गुनासो उनीलगायत मासु किनेका थुप्रैको यही छ । यता भाटभटेनी डिपार्टमेन्ट स्टोरका संचालक मिनबहादुर गुरुङ पनि गुनासो आएको कुरा स्वीकारेका छन्। 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी